काठमाडौंको टंगालमा रहेको आम्रपाली बैंकटमा सुरु भएको फेस्टमा बीवाइडीले विभिन्न अफर सुविधा ल्याएको छ । जसमध्ये एक्सचेन्ज फेस्टमा गाडी किन्ने १० जनालाई ‘ट्रिप टु चाइना’ अफर अन्तर्गत चीन घुम्ने अवसर दिइनेछ । भाग्यशाली १० गाडी खरिदकर्ताले लक्की ड्र मार्फत चीन घुम्ने अवसर पाउने छन ।
त्यस्तै, बिवाइडीका विभिन्न गाडीहरुको खरिदमा कर्षक नगद छुट, पुरानो गाडीसँग सट्टापट्टा गर्नेलाई एक्सचेन्ज बोनस, निःशुल्क एशोसरिज, २.३ किलोवाटको चार्जर, ७ किलोवाटको चार्जर समेत उपलव्ध हुनेछ ।
त्यसैगरी, कम्पनीले एक वर्षको सवारी कर, एक वर्षको अटो प्लस इन्स्योरेन्स, १० वर्षसम्म निःशुल्क बीवाइडी एप कनेक्सन र १० वर्षसम्मको एक्सटेन्डेड वारेन्टी उपलब्ध गराउने भएको छ ।