राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप खिच्दै

Nov 26, 2025 11:27 AM merolagani



नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंककाअनुसार आज मध्यान्ह २ बजेबाट बोलकबोलको माध्यमबाट निक्षेप खिच्ने भएको हो । उक्त निक्षेप पुस २३ गतेसम्म रहने राष्ट्र बैंकले जनाएको छ ।

घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्नुपर्नेछ ।

 

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ ।