हाल देशमा दिनहुँ नयाँ राजनितिक दल खुलिरहेको उनको भनाई छ । जेनजी आन्दोलनपछि नेपालमा नयाँ राजनितिक दल खोल्ने प्रतिष्पर्धा नै चलेको छ । राजनितिक दल खोल्ने प्रतिस्पर्धालाई व्यङ्ग्य गर्दै उपाध्यक्ष ढकालले कम्पनी, उद्यमशिलता र उद्योग खोल्ने प्रतिष्पर्धा हुनुपर्ने बताए।

उनले नयाँ राजनीतिक दल खुल्दैमा मात्रै देशमा समृद्धि सम्भव नहुने बताए। उद्यमशिलता, उद्योग र आर्थिक सुधारलाई राजनीतिक एजेण्डाको मुख्य प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ । उनले आगामी निर्वाचनका लागि राजनीतिक दलहरूले तयार गर्ने घोषणापत्रमा कम्पनी दर्ता, उद्यम सञ्चालन र उद्योग विस्तारलाई सहज बनाउने स्पष्ट नीति समावेश गर्नैपर्नेमा जोड दिए। राजनीति केन्द्रित सोचले मात्रै देश विकास गर्न नसक्ने भन्दै उनले राजनीति र अर्थतन्त्रलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। उनले पुराना कानूनहरुलाई परिवर्तन गरी समयानुकुल बनाउनुपर्ने पनि बताए । ५० वर्ष पुराना कानून र प्रणालीले नयाँ पुस्ताको क्षमतालाई सम्बोधन नगर्ने उनको भनाई छ । उनले दुई ठूला मुलुकको बीचमा रहेको भौगोलिक अवस्थालाई नेपालले रणनीतिक अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘जसरी अहिले देशमा दलहरु खोल्नको लागि प्रेरित भइरहेको छ । दिनानुदिन नयाँ दलहरु खोलिराख्नु भएको छ । आगामी यहाँहरुको मेनिफेष्ट्रोमा दिनानुदिन कम्पनी, उद्यमशिलता र उद्योग खोल्नको लागी तपाईहरुको मेनिफेष्ट्रोमा राख्नुपर्छ । किनभने हामीले संचारमा हे्र्यौं भने कुनैपनि देश पोलिटिक्सले मात्र समृद्धि हुन सक्दैन । जबसम्म हामीले पोलिटिक्सलाई ईकोनोमीसंग संगसंगै हाल्न सक्दैनौँ । कुनैपनि देश समृद्ध हुन सक्दैन भन्ने मलाई लाग्छ । त्यसलेगर्दा म यही मञ्चबाट युवाहरुको आवाजलाई मैले आफ्नो बनाउँदै माननीय मन्त्रीज्युलाई के भन्न चाहे भने आगामी दिनमा जुन पोलिसि बनाउँछौँ । हामीले यस्तो पोलिसि बनाउन पर्यो, उद्यमशील गर्ने मान्छेहरुलाई ह्यासल फ्रि एक्सेस दिनुपर्यो । पुराना पुराना पोलिसि जुन छन्, पुराना कानूनहरु जुन छन्, ५० वर्ष पहिलाको सन्दर्भमा बनाएको कानुनहरुलाई चेन्ज गर्नुपर्यो । पहिलाको सिष्टम र अहिलेको सिष्टम, अहिलेको थर्ड प्रोसेस चेन्ज भईसकेको कारणले गर्दा यो जेनेरेशनको जुन सिफ्ट छ, जेनेरेशनको ग्याप छ, यो जेनेरेशनलाई आउने हिसाबले हामीले कानून निर्माण गर्नसक्यौँ र उनीहरुलाई एक्सेस दिनसक्यौँ भने हामी समृद्धिको हिसावमा धेरै टाढा छैनौँ । हामीसँग अथाहा सम्भावना छ । दुई ठूला मुलुकको बीचमा हामी जुन लोकेसनवाई बसिराखेका छौँ । हाम्रो लागी त्यो एउटा सौभाग्य हो । हाम्रो लागि अपरच्युनिटि हो, त्यसले गर्दाखेरी हामी सबैजना मिलेर हाम्रो देशलाई समृद्ध बनाउनपर्छ ।’
उनले पुराना पुस्ताको अनुभव र नयाँ युवाहरुको सोचलाई सँगै अगाडी बढाएर देश समृद्ध बनाउन लाग्नुपर्ने बताए । झन्डै ४२ प्रतिशत युवा जनसंख्या भएको नेपालले एआई, मेसिन लर्निङ र नयाँ प्रविधिमा आधारित उद्यमशीलता विकास गर्न सके छिट्टै समृद्धिको बाटो समात्न सकिने उनको भनाई छ । युवाहरूलाई उद्यम र नवप्रवर्तनमा प्रत्यक्ष पहुँच दिलाउने नीति बनेमा मात्र नेपालले दिगो आर्थिक प्रगति गर्नसक्ने उनले बताए ।