प्रि ओपन सेसन अपडेटः साढे ४ अंक बढ्यो नेप्से

Nov 27, 2025 10:54 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ९.६१ अंक बढेर २६६५.६० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.५० अंक बढेर २६७०.१० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५४ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ६० स्टकको ११९ पटकको कारोबारमा ३६ लाख ७ हजार ९१ रुपैयाँ ३७ पैसाबराबरको ८ हजार ६२९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।