व्यक्तिगत ओभरड्राफ्ट कर्जा सीमा बढयो

Dec 01, 2025 11:03 AM MeroLagani



नेपाल राष्ट्र बैङ्कले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाएको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले ओभरड्राफ्ट कर्जा सीमा बढाएर १ करोड पुर्याएको हो। 

यसअघि व्यक्तिगत ओभरड्राफ्ट कर्जा सिमा ५० लाख मात्र थियो। विश्व पौडेल गभर्नर भएपछि आएको पहिलो मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत कर्जा सीमा वृद्धि भएर १ करोड पुगेको हो।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।