नेपाली कांग्रेसको महाधिवेशन पुस अन्त्यमा हुने, महामन्त्री थापा र शर्माको नैतिक विजय

Dec 01, 2025 04:04 PM mero lagani



नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २६,२७ र २८ गते हुने भएको छ ।

महाधिवेशन कहिले गर्ने भन्ने बारेमा पार्टी भित्र लामो समयदेखि रहेको विवादलाई किनारा लगाउंदै सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशन र पार्टीका विभिन्न निकायहरुको अधिवेशनको मिति तोकेको हो ।

वैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले दिएको जानकारी अनुसार वडा अधिवेशन पुस १६ गते, पालिका अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते गरिने भएको छ ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एउटा प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा पुस २२ गते र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते गर्ने निर्णय गरेको छ ।

त्यस्तै पार्टीको सात प्रदेश कार्यसमितिको अधिवेशन पुस २३ र २४ गते गर्ने निर्णय केन्द्रिय समितिले गरेको छ । साथै नेपाली कांग्रेसले शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गर्ने निर्णय गरेको छ।

सोमबार केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले दुई महिना म्याद थप गर्ने निर्णय गरेको हो ।

स्मरणरहोस् कांग्रेसको १४ औं महाधिवेशन २०७८ मसिर २४ देखि २८ गतेसम्म भएको थियो। त्यसअनुसार यही मंसिर २३ गते म्याद सकिने भएकोले त्यस अगाडि नै महाधिवेशन गर्नु पर्ने र ६ महिना समय थप गर्नु पर्ने पक्षका बीचमा नेपाली कांग्रेसमा विवाद चर्किरहेको थियो ।

महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा सहितका नेताहरुले समयमै महाधिवेशन हुनु पर्ने माग गर्दै केही महिनादेखि पार्टी संस्थापन पक्षलाई दवाव दिंदै आइरहेका थिए । साथै नियमित महाधिवेशन नगरिए विशेष महाधिवेशन नै भए पनि गर्नु पर्ने भन्दै उनीहरुले बहुमत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसमेत पार्टी कार्यालयमा बुझाएका थिए ।

पार्टी सभापति शेरवहादुर देउवा निकट नेताहरु भने फागुनमा प्रतिनिधि सभाको चुनाव भएकोले त्यसभन्दा अगाडि महाधिवेशन हुन नसक्ने भन्दै बैशाख वा जेठमा महाधिवेशन गर्नु पर्ने अडान लिंदै आएका थिए । तर, पार्टी वैठकले नियमित महाधिवेशनको कार्यतालिका नै सार्वजनिक गरेपछि त्यसलाई महामन्त्री थापा र शर्माको जीतकोरुपमा लिइएको छ र त्यसले आउंदो महाधिवेशनमा समेत उनीहरुको प्रभाव बढ्न सक्ने सम्भावना देखिएको बताइएको छ ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।