दुई जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 02, 2025 06:46 AM Merolagani



मंसिर १६ गते, मंगलबार, दुई जलविद्युत कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन सुपर मादी हाइड्रोपावर र माउन्टेन इनर्जी नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माउन्टेन इनर्जीले भोली एक दिनका लागि बुकक्लोज गर्दैछ भने सुपर मादी हाइड्रोपावरले भोलीदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सुपर मादी हाइड्रोपावर (SMHL) ले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस ४ गते, शुक्रबार, होटल इम्पेरियलमा १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।

त्यस्तै, माउन्टेन इनर्जी (MEN) ले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारण सभा बोलाएको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।