नेप्से करिब स्थिर, कारोबार रकम भने घट्यो

Dec 02, 2025 03:09 PM Merolagani



मंगलबार नेप्से परिसूचक करिब स्थिर रहेको छ। अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्सेले यस दिन भने करिब स्थिर रहेको हो।

यस दिन नेप्से परिसूचक ०.५३ अंक घटेर २६४४.७० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अंक घटेको छ।

यस दिन कारोबार रकम घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ४ अर्ब ७१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२४ स्टकको ५६ हजार ९ पटकको कारोबारमा ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ८ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, माबिलुङ्ग इनर्जी, बुङ्गल हाइड्रो र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने विकास हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ। कारोबारमा आएको ग्रीन भेन्चर्सको शेयरमूल्य यस दिन सर्वाधिक ९.८५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ८१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन माउन्टेन इनर्जीको करिब २३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। बाँकी उपसमूहको परिसूचक यस दिन सामान्य घटेको हो।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।