२०२७ सम्म रूसी ग्यास आयात बन्द गर्न युरोपेली संघ सहमत

Dec 04, 2025 11:47 AM Merolagani



युरोपेली संघका सदस्य राष्ट्रहरू र युरोपेली संसदले बुधवार २०२७ को शरद ऋतुसम्ममा रूसी ग्यासको सबै आयातमा प्रतिवन्ध लगाउने सम्झौतामा पुगेका छन् । युरोपेली परिषद्को विज्ञप्तिअनुसार सम्झौताले रूसी तरल प्राकृतिक ग्यास र पाइपलाइन ग्यासको आयातमा चरणवद्ध प्रतिवन्धको लगाउने निर्णय गरेको हो ।

२०२६ को अन्त्यदेखि एलएनजी आयातमा पूर्ण प्रतिवन्ध लाग्नेछ । २०२७ को अन्तिममा पाइपलाइन ग्यास आयातमा प्रतिवन्ध लागू हुनेछ । यो कदमको उद्देश्य युरोपेली ऊर्जा बजारमा महत्त्वपूर्ण प्रभाव पार्ने रूसको ग्यास आपूर्तिको हतियारीकरण पछि रूसी ऊर्जामा निर्भरता अन्त्य गर्नु रहेको बताइएको छ । मिडिया रिपोर्टहरूका अनुसार अक्टोबरसम्म रूसले ईयू ग्यास आयातको १२ प्रतिशत हिस्सा ओगटेको थियो । जुन २०२२ मा ४५ प्रतिशत थियो ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।