सुनको मूल्य बढ्यो, चाँदी निरन्तर रेकर्ड ब्रेक

Dec 11, 2025 11:03 AM Merolagani



मंसिर २५ गते, बिहीबार, नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् बुधबार, यस्तो सुन प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रतितोला तीन हजार ८०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । बुधबारको बजारमा चाँदी प्रतितोला तीन हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको सो मूल्यको रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो ।