अपि पावर कम्पनीको लगानी रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

Dec 11, 2025 02:26 PM Merolagani



नेपाल धितोपत्र बोर्डले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई आज अर्थात भदौ २५ गते आईपीओ निष्काशनको अनुमति दिएको हो।

अपि पावर कम्पनीको लगानी रहेको यस कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने १३ करोड ७९ लाख ३५ हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७९ लाख ३५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।