सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने

Dec 12, 2025 10:26 AM Merolagani



सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड (SPIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो।

मंसिर २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सो लाभांश वितरण गरिनेछ ।