निसानले ल्याउँदैछ किफायतयुक्त पारिवारिक कार ‘एमपीभी’, डिसेम्बर १८ मा लन्च हुने कारको कति पर्ला मूल्य ?

Dec 13, 2025 11:10 AM merolagani



निसानले नयाँ एसयूभी एमपीभी लन्च गर्ने तयारी गरेको छ । निसान इन्डियाका अनुसार, निसाको नयाँ एमपीभी एसयूभी आगामी २०२५ डिसेम्बर १८ मा लन्च हुनेछ ।

पूर्ण रुपमा बजेटमैत्री र पारिवारिक कारका रुपमा निसानले आफ्ना ग्राहकलाई यो एसयूभी बजारमा ल्याउँदैछ । भारतमा निसानको उत्पादन पोर्टफोलियोमा यो तेस्रो एसयूभी ठहरिनेछ । निसाले एमपीभी एसयूभीसम्वन्धी सम्पूर्ण आधिकारीक विवरणहरु सार्वजनिक गरेको छैन् ।

यद्यपी, यो एसयूभी रेनो ट्राइबरको साझेदारी प्लेटफर्ममा आउनेछ । जसमा पावरट्रेन र सुविधाहरु पनि सोहीअनुसार अपग्रेड गरिएको छ ।

कम्पनीकाअनुसार, यसको समग्र डिजाइन भने रेनो ट्राइबरबाहेक पूर्ण रुपमा फरक रहनेछ । यसको अगाडीको फेसिया पूर्ण रुपमा नयाँ हुनेछ । ठूलो ग्रिल, पुनः डिजाइन गरिएको हेडल्याम्प र सी आकारको एक्सेन्टहरुसहितको परिमार्जित बम्पर समावेश हुनेछ ।

यो पारिवारिक कार नयाँ डिजाइन गरिएको अलोय ह्रीलहरु, कार्यात्मक छाना रेलहरु, फरक डिजाइन गरिएको टेलल्याम्प र पछाडीको बम्परसहित आउनेछ ।

नयाँ निसान एमपीभीमा ट्राइबरको १.० लिटर, ३–सिलिन्डर प्राकृतिक रुपमा एस्पिरेटेड पेट्रोल इन्जिन प्रयोग हुने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार, ७ सिटे यो एसयूभीको अपेक्षित मूल्य ५ लाख ७६ हजार देखि ८ लाख ६ हजार भारतीय रुपैयाँसम्म शोरुमहरुमा उपलव्ध हुने अपेक्षा गरिएको छ । यो भन्दा कम मूल्यमा कार लन्च भयो भने भारतमा यो सबैभन्दा किफायती पारिवारिक कारमध्ये एक हुनेछ ।