सुदुरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्सले उचाल्यो एनपीएलको उपाधि

Dec 13, 2025 08:10 PM merolagani



सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि लुम्बिनी लायन्सले जितेको छ ।

 शनिबार भएको फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर पूरा गर्दै एनपीएलको च्याम्पियन बनेको हो ।

लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स उपविजेतामै समेटिएको छ । कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा अलआउट गरेको थियो ।

लुम्बिनीले यसअघि ६ खेलमा लगातार जित हात पारेको थियो । पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेपछि लगातार तीन खेलमा पराजित हुँदा कुनै समयमा लिग चरणबाटै बाहिरिने खतरामा पुगेको लुम्बिनीले त्यसपछि सानदार पुनरागमन गर्दै एनपीएलकै उपाधि जितेको हो ।

लुम्बिनीका ओपनार दिनेश अधिकारीले सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरीलाई पहिलो ओभरमै ४ छक्का प्रहारपछि लुम्बिनीले २७ रन जोडेको थियो ।