उनकाअनुसार महाधिवेशनको बन्द सत्रबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ३३, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रिय कमिटीको संरचना बन्नेछ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विधान महाधिवेशनबाट पारित विधानलाई आत्मसाथ गर्दै अगाडि जाने निर्णय गरेको बताए ।
उनले भने, ‘१० औँ महाधिवेशनमा पारित भएको विधानलाई आत्मसाथ गर्दै अगाडि जाने र उपाध्यक्ष मात्रै राखेका छौँ पाँच जना । वरिष्ठ उपाध्यक्षको प्रबन्ध गरिएको छैन । पदाधिकारीसहितको बारेमा निर्णय गरेर हामी महाधिवेशनस्थल जाँदैछौं ।’
उनले महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि शुरु हुने समेत जानकारी दिए । उनले केन्द्रिय कमिटीको अन्तिम बैठकले सबै सदस्यहरुलाई धन्यावाद समेत व्यक्त गरेको जानकारी गराए ।