रुप्से खोलाको पानीलाई उपयोग गर्दै गुल्मी हाइड्रोपावर कम्पनीले नदी प्रवाहीमा आधारित(रन अफ दि रिभर) जलविद्युत् आयोजना निर्माण गर्ने भएको हो । कम्पनीले आयोजना बनाउन विद्युत् विकास विभागमा दरखास्त पेश गरेको छ ।

कम्पनीका अनुसार, उक्त जलविद्युत् आयोजनाको आयोजनाको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन वि.सं २०७७ जेठ २३ गते स्वीकृत भएको थियो । त्यस्तै, आयोजनाको पछिल्लो अद्यावधिक सम्भाव्यता अध्ययन प्रतिवेदन गत २०२२ अगस्टमा भएको थियो ।
विद्युत् विकास विभागले आयोजना सम्वन्धी विवरण सार्वजनिक गरेको छ । यसको डिजाइन बहाब १.८६ घनमिटर प्रति सेकेण्ड र समग्रगत हेड १२६.१४ मिटर रहनेछ ।