ऐतिहासिक उचाईबाट सुन घट्यो, चाँदीको मुल्य बढ्यो

Dec 16, 2025 11:12 AM Merolagani



पुस, १ गते, मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ७०० रुपैयाँले घटेको हो भने चाँदी तोलामा १५ रुपैयाँले बढेको हो । सुनको मूल्य हालसम्मकै उच्च विन्दुबाट घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार रुपैयाँ कायम भएको छ । सोमबारको बजारमा सुन प्रतितोला २ लाख ६० हजार ७०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो। सुनको सो मूल्य नै हालसम्मको उच्च हो ।

  

यस दिन चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला तीन हजार ८८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला तीन हजार ८७० रुपैयाँमा खरिद बिक्री भएको थियो ।