मङ्सिरसम्मको लक्ष्य ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य थियो । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ वार्षिक राजस्व संकलनको लक्ष्य लिएको छ ।
सरकारले मङ्सिर महिनाको मात्रै ९५ अर्ब २० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो । तर, लक्ष्यको ८४.३१ प्रतिशत अर्थात ८० अर्ब २७ करोड रुपैयाँ सङ्कलन भएको छ । मङ्सिर २९ गते सोमबार मात्रै तीन अर्ब ४४ करोड रुपैयाँ राजस्व उठेको मन्त्रालयले जनाएको छ ।
यद्यपि, अघिल्लो आर्थिक आर्थिक वर्षको तुलनामा राजस्व संकलन सुधारात्मक देखिएको छ । गत आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको थियो । मङ्सिरसम्मको लक्ष्य ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ थियो । गत वर्ष मङ्सिरसम्म जम्मा ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।