निर्धन उत्थान लघुवित्तले कति प्रतिशत दिने भयो लाभांश?

Dec 18, 2025 10:00 AM Merolagani



निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (NUBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।

पुस २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।