लुम्बिनी विकास बैंकले लाभांश वितरण नगर्ने

Dec 23, 2025 10:11 AM Merolagani



लुम्बिनी विकास बैंक लिमिटेड (LBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। यसका साथै सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि सो बैठकले गरेको छ।