मेरोमाइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा

Dec 23, 2025 10:32 AM Merolagani



मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने ७ करोड ९ लाख ५० हजार रुपैयाँ बराबरको लाभांश घोषणा गरेको हो। जसमध्येमा ४.७५ प्रतिशत बोनश शेयर रहेको छ भने ०.२५ प्रतिशत सोको कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

पुस ८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।