तीन कारोबार दिनको गिरावटपछि सामान्य अंक बढ्यो नेप्से

Dec 23, 2025 03:10 PM Merolagani



मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ३.२७ अंक बढेर २५८४.४९ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ३ अर्ब ५१ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकको ९२ हजार ७४६ पटकको कारोबारमा ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँबराबरको ७६ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन एसवाई प्यानल नेपालको शेयरमूल्य सर्वाधिक ७.०१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने सयपत्री हाइड्रोपावर र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। कारोबारमा आएको सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ५.९७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ९८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन सागर डिष्टिलरीको साढे ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सिईडिबी होल्डिङ्गसको कारोबार रकम ७ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशत बढेको छ। बाँकी बढेका ६ उपसमूहहरुको वृद्धिदर सामान्य रहेको छ। यस दिन विकास बैंक, लगानी, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ।