सातामा सामान्य अंक बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Dec 20, 2025 06:03 AM Merolagani



यस साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। गत साता २६०७.३७ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.२९ प्रतिशत अर्थात ७.६६ अंक बढेर २६१५.०३ विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से सामान्य बढेको थियो भने २ कारोबार दिन घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ३.९२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५४ अंक बढेको छ।

नेप्से बढेपनि यस साता कारोबार रकम भने घटेको छ। गत साता दैनिक औषतमा ४ अर्ब १९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब ८७ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ७.७२ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या १.५२ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या २५.९० प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि सामान्य बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ७७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १२ अर्ब रुपैयाँ बढेर ४३ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.१५ प्रतिशत बढेको छ। गत साता ५३४६.६६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ११४.८५ अंक बढेर ५४६१.५१ विन्दुमा पुगेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ।

यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.६३ प्रतिशत घटेको छ। गत साता २३३४.३८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १४.६५ अंक घटेर २३१९.७३ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १७.४४ अंक घटेको छ। गत साता ३३६१.१६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ०.५२ प्रतिशत घटेर ३३४३.७२ विन्दुमा झरेको छ।

नेप्सेमा यस साता ५ स्टकको २ करोड ९४ लाख ९० हजार २७५.०४ कित्ता शेयर सूचीकृत भएको छ। यस साता एशियन लाइफ इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स र हाथवे इन्भेष्टमेन्ट नेपालको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। त्यस्तै, यस साता शिवश्री हाइड्रोपावर र रिभर फल्स पावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता स्वस्तिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६१.०४ प्रतिशत बढेको छ। गत साता १ हजार ९२३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको सो लघुवित्तको शेयर यस साता ३ हजार ९७ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता एसवाई प्यानल नेपालको शेयरमूल्य करिब ६१ प्रतिशत बढेको छ भने नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे २१ प्रतिशत बढेको छ। यस साता बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य सर्वाधिक १४.२९ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता एसवाई प्यानल नेपाल, माइ खोला हाइड्रोपावर, स्वस्तिक लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने उपकार लघुवित्त वित्तीय संस्था, कुथेली बुखरी स्मल हाइड्रोपावर, मिथिला लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।