यस साता करिब स्थिर नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Apr 18, 2026 06:13 AM Merolagani



यस साता नेप्से परिसूचक करिब स्थिर रहेको छ। गत साता २८३७.७७ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.०२ प्रतिशत अर्थात ०.६३ अंक बढेर २८३८.४० विन्दुमा बन्द भएको छ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स १.२१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३ अंक घटेको छ।

नेप्से स्थिर रहेपनि यस साता कारोबार रकम भने घटेको छ। गत साता दैनिक औषतमा ९ अर्ब ५४ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ८ अर्ब ९९ करोड रुपैयाँको मात्र शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ५.७९ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ९.५३ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ०.३३ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण सामान्य बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४८ खर्ब २४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १६ अर्ब रुपैयाँ बढेर ४८ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक ५.१३ प्रतिशत बढेको छ। गत साता ७८७२.८८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४०३.९७ अंक बढेर ८२७६.८५ विन्दुमा पुगेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको हो।

यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक २.८४ प्रतिशत घटेको छ। गत साता २१४७.२४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६१.०१ अंक घटेर २०८६.२३ विन्दुमा झरेको हो। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी १२६.४२ घटेको छ।

यस साता २ कम्पनीको २१ लाख ९२ हजार ३८० कित्ता नेप्सेमा सूचीकृत भएको छ। यस साता कालिका लघुवित्त वित्तीय संस्था र शिखर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य सर्वाधिक ४६.४० प्रतिशत बढेको छ। गत साता ८१० रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको सो कम्पनीको शेयर यस साता १ हजार १८६ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता होटल फरेष्ट इन, पाल्पा सिमेन्ट र रिज लाइन इनर्जीको शेयरमूल्य ४६.३९ प्रतिशत बढेको छ भने शिखर पावर डेभलपमेन्टको शेयरमूल्य ४६.३४ प्रतिशत बढेको छ। यी ५ वटै कम्पनीहरु दैनिक सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेका कम्पनी हुन्। यस साता क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ५.९३ प्रतिशत घटेको छ भने यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, रिज लाइन इनर्जी, होटल फरेष्ट इन लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, सामलिङ्ग पावर कम्पनी, प्रभु बैंक लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।