यस साता चार कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने दुई कारोबार दिन घटेर बन्द भएको थियो।
यस साता फ्लोट इण्डेक्स १.३५ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ४.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४८ अंक बढेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ३ अर्ब २४ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ९ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २६.४४ प्रतिशत बढी हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या १८.०८ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १.०१ प्रतिशत घटेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ०.६६ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ७३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २८ अर्ब रुपैयाँ बढेर ४४ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता सात उपसमूहको परिसूचक बढेको छ भने छ उपसमूहको परिसूचक घटेको छ। यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.४१ प्रतिशत बढेको छ। गत साता ९२९०.७० विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १३१.३६ अंक बढेर ९४२२.०६ विन्दुमा पुगेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको हो।
यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७२ प्रतिशत घटेको छ। गत साता २२५५.०२ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ६१.२७ अंक घटेर २१९३.७५ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ८४.०४ अंक घटेको छ।

यस साता नेप्सेमा ३८ करोड ६१ लाख ३५० कित्ता धितोपत्र सूचीकृत भएको छ। यस साता प्राइम बैंकको ऋणपत्र र युनाइटेड मोदी हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता लिबर्टी इनर्जीको शेयरमूल्य सर्वाधिक २०.१० प्रतिशत बढेको छ। गत साता २१० रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता २५२ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता पियोर इनर्जीको शेयरमूल्य करिब साढे १५ प्रतिशत बढेको छ भने सर्वोत्तम पेन्ट्सको शेयरमूल्य १३ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सिन्धु विकास बैंकको शेयरमूल्य यस साता सर्वाधिक ३२.७१ प्रतिशत घटेको छ। त्यसैगरी, यस साता इमर्जिङ्ग नेपालको शेयरमूल्य २७ प्रतिशत घटेको छ भने जानकी फाइनान्सको शेयरमूल्य २४ प्रतिशतभन्दा बढी घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता शिखर इन्स्योरेन्स, माइ खोला हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने कालिञ्चोक दर्शन, इमर्जिङ्ग नेपाल, ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

