समाजसेवी स्वर्गीय ओमप्रकाश गोयलको हुलाक टिकट सार्वजनिक

Dec 24, 2025 11:50 AM Merolagani



समाजसेवी तथा व्यवसायी स्वर्गीय ओमप्रकाश गोयलको हुलाक टिकट सार्वजनिक गरिएको छ । हुलाक सेवा विभागद्वारा आयोजित एक कार्यक्रमबीच गोयलको दश रूपैयाँकाे हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेर सरकारले गोयलको नाममा हुलाक टिकट सार्वजनिक गरेको हो ।

टाँचा प्रदान कार्यक्रममा उपसभामुख इन्दिरा राना र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्व. गोयलको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरे । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खरेलले गोयलको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नु ऐतिहासिक भएको बताए । यसले उनलाई सधैँ अमर बनाइरहने बताए । उनले मानिस कर्मले सधैँ अमर रहने बताए ।

स्वर्गीय गाेयल नेपालमा पहिलाे पटक नि:शुल्क एम्वुलेन्स सेवा प्रदान गर्ने समाजसेवी हुन् । उनले  झापा र काठमाण्डाैका बिभिन्न स्थानमा समाजिक सेवा गरेका छन् । २०६४  सालमा दिवंगत भएका गाेयलले झापाकाे भद्रपुर, बुधवारे हुँदै काठमाण्डाैसम्म व्यवसाय बिस्तार गरेका थिए । गाेयल समूहले गाेयल फाउण्डेशनमार्फत बिभिन्न सामाजिक कार्यक्रम गरिरहेकाे छ ।