बक्यौता विवाद समाधान उन्मुखःमन्त्री घिसिङ

Dec 24, 2025 01:54 PM merolagani



उर्जा जलस्रोत तथा सिँचाइ,भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ट्रंक तथा डेडिकेटेड महशुल बक्यौता विवादमा पुनरावलोकन प्रक्रिया नेपाल विद्युत प्राधिकरणले नहेर्ने बताएका छन ।

बुधबार आफ्नो १०० दिने कार्यसम्पादन सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । उनले बक्यौता विवाद समाधान उन्मुख बनेको बताए । धेरैजस्तो उद्योगले पहिलो किस्ता तिरेकाले बाँकी किस्ता पनि उद्योगहरु तिर्न थालेको उनले बताए । उनले पहिलो किस्ता तिरेर पुनरावलोकन प्रक्रियामा जान अन्य निकाय समेत रहेको बताए ।

'पुनरावलोकन प्रक्रिया प्राधिकरणले हेर्दैन । उद्योगीहरु पुनरावलोकनमा जान अन्य निकाय छन्,' उनले भने ।