दुई वर्ष भित्र जेनजी आन्दोलनमा क्षति भएका संरचना पुननिर्माण गर्छौं- सचिव सिग्देल

Dec 24, 2025 01:59 PM Merolagani



सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले २ वर्ष भित्र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणको काम पूरा हुने बताएका छन् ।

बुधबार १०० दिने कार्यसम्पादन उपलब्धि सुनाउँदै उनले सिंहदरबार, सर्वोच्च अदालत, स्वास्थ्य मन्त्रालयलगायत सरकारी संरचनाको पुनर्निमाण गर्न केही समय लाग्ने बताए । 'जेनजी आन्दोलनमा क्षतिग्रस्त सम्पूर्ण सरकारी संरचनाको पुननिर्माण २ वर्षभित्र गरिसक्छौं' सचिव सिग्देलले भने।