ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले आफ्नो १०० दिने कार्यसम्पादन सार्वजनिक गर्दै १९ अर्बको विद्युत् निर्यात भएको बताएका हुन् ।
बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यो अवधिमा भारत र बंगलादेश गरेर करिब १९ अर्बको विद्युत् निर्यात भएको छ ।‘
उनकाअनुसार, अघिल्लो वर्षदेखि ४० मेगावाट बिजुली बंगलादेश र बाँकी बिजुली नेपालले भारत निर्यात गर्दै आएको हो ।