नाफा कमाउनको लागि सस्तो मूल्यमा शेयर खरिद गर्नुपर्छ, मूल्य सस्तो हुन बजार करेक्सन हुनैपर्छ

Dec 25, 2025 03:06 PM Merolagani



शेयर बजार विगत लामो समयदेखि एउटै विन्दुमा अल्झिरहेको छ । बजारमा ठूलो अंकको उतारचढाब भएको छैन । यो साइडवयज बजारले राजनीतिक स्थीतरताको पखाईमा रहेको लगानीकर्ताको बुझाई छ ।

साईडवयजमा रहेको बजार बढ्ने प्रतिक्षामा लगानीकर्ता छन् । तर बजारमा ठूलो अंकको उतारचढाब नभएर सामान्य कारोबारमा नै सिमित भएको छ । यो सुस्ताएको बजारमा नीतिगत सुधार र कम्पनीको लाभांशले कुनै फरक पारेको छैन् ।

जेनजीको आन्दोलन पनि बिथोलिएको राजनीतिक माहोल साम्य नभएसम्म बजारले गति निर्धारण गर्ने छाट गरेको छैन् । नीतिगत सहजता भएको छ । घटेको ब्याजदरले बजार समग्रमा बढ्ने नै हो । अहिले राजनीति असन्तुलनले ठूलो पैसा सुरक्षाको पखाईमा रहेकाे हुँदा बजार नबढेको युवा लगानीकर्ता नरेश जोशीले बताए । तीनै जोशीसँग सुधा देवकोटाले गरेको कुराकानी ः

अधिकांश लगानीकर्ता शेयर बजार प्रति निरास भएको समयमा तपाईले पैसा बनाई राख्नु भएको छ । शेयर बजारबाट कसरी पैसा बनाउन सकिन्छ ?

नेपालको बजार एकतर्फी छ । अन्तराष्ट्रिय बजारमा सूचकमा गिरावट हुँदापनि कमाउन सक्ने मौका हुन्छ । नेपालको बजार बढ्दा मात्रै सबैले कमाउने हो । तर दाेस्रो बजारका लगानीकर्ताले बजार बढ्दा वा घट्दा दुवै समयमा खुशी हुन सक्नु पर्छ । बजार सधै बढ्ने र घट्ने मात्रै हुँदैन । शेयर बजारमा हुने उतारचढाब दिन पछिको रात र रात पछिको दिन जस्तै हो ।

दोस्रो बजारका लगानीकर्ताहरु घट्दा राम्रो मान्नु पर्छ । बजार सधै बढ्यो भने किन्ने कतिबेला? घटेको बजारले किन्ने मौका दिन्छ । बजारमा नयाँ प्रवेश गर्न इच्छुकहरुलाई राम्रो अवसर हो । व्यक्ति अनुसार रणनीति फरक हुन्छ । कोही १८ सयको आसपासमा नै लगानी गरेर बसेका हुन्छन् । कोही बजारको चाल अनुसारको लगानी थप गर्दै गरेका हुन्छन् । मासिक रुपमा लगानी थप गर्दै जाने लगानीकर्ताहरुको लागि यो मौका हो । सूचक घट्दै गर्दा उठाउँदै मूल्य समायोजन गर्ने हो । यसमा कुनै लगानीकर्ताले कमाएका हुन्छन् कोही गुमाउछन् । बजारको हरेक चरणलाई कारोबार गर्ने सम्भावनाको रुपमा हेर्ने सबैले धेरथोर आर्जन गरेका हुन्छन् ।

धेरै लगानीकर्ता सूचक घट्दा डराएर बिक्री गर्न हतारिएका हुन्छन् । तपाई घटेको सूचकमा कसरी सम्भावाना देख्नु हुन्छ ?

बजार बढ्दा मात्रै पोर्टफोलियोमा नाफा देखिन्छ । तर नाफा कमाउनको लागि पनि सस्तो मूल्यमा शेयर खरिद गर्नु पर्यो । शेयर मूल्य सस्तो हुन बजार करेक्सन हुनै पर्छ ।

बजारमा करेक्सन पनि मूल्य र समय दुवैमा भएको हुन्छ । विगतमा जब सूचक ३२ सयको विन्दुबाट घट्यो । १८ सयको विन्दुमा समयको करेक्सन भएको थियो । सूचक बढ्नका लागि लामो समय खर्चेको थियो । अहिले भएको मूल्यको करेक्सन हो । अहिलेको यो करेक्सन केही महिनाको लागि आएको हो । मूल्यवाइज हुने करेक्सनमा झन चाडो अवसर भएको हुन्छ । हामीले छोटो अवधिमा नै राम्रो आर्जन गर्न सकिने सम्भावना रहन्छ । एक हप्ता, महिना र ६ महिनाको समय अवधिमा नै राम्रो लाभ लिन सकिन्छ ।

समयवाई हुने करेक्सनमा समय धेरै लिएको हुन्छ । सो अवधिमा धेरै लगानीकर्ता निरास भएका हुन्छन् । शेयर मूल्य नघटेता पनि सोही मूल्यमा रहनु नोक्सानी हुनु जस्तो नै हो । टाईम भ्यालु अफ इन्भेष्टमेन्ट हुन्छ । कसैलाई बैंकको ब्याज तिर्नु पर्ने हुन्छ । यस्तो कुराले लगानीकर्तालाई दिक्क गराएको हुन्छ । यस्तो अवस्थालाई लगानीकर्ताले मध्यनजर गरेर लगानी गर्नुपर्छ ।

वास्तवमा शेयर बजारले भविष्यमा हुन सक्ने सम्भावित घटना परिघटनाहरुसँग प्रतिकृया गरेको हुन्छ । जस्तो पछिल्लो पटक बजार ३ हजारको विन्दुमा पुगेर घट्यो । सो घटाई यति तल्लो विन्दुसम्म झर्ने अनुमान कसैले गरेको थिएन । बजारले नयाँ उचाई बनाउने प्रतिक्षामा आम लगानीकर्ता बसेका थिए । तर बजार घट्यो । बजारले जेनजी आन्दोलनको आंकलन गरेको रहेछ भन्ने कुरा लगानीकर्ताले पछि आएर मात्रै थाहा पाए । अहिले यो बजार बढ्नका लागि समय लिनुमा पनि लगानीकर्ताहरु राजनीति स्थीरताको पखाईमा रहेका छन् ।

ब्याजदर घटेको मौका पारेर बैंक तथा वित्तीय संस्थाहरुले प्रतिर्स्पधाका आधारमा मार्जिन कर्जाको अफर ल्याएका छन् । अर्को तर्फ बैंकहरुले कारोबार गर्न सहज भएको छ । यस्तो बेला बजारले राम्रो गति निर्धारण गर्नुपर्ने होइन र ?

हो, सबैले अपेक्षा गरेको पनि त्यहि हो । बजारसँग सम्बन्धित नीतिहरु सुधार गर्ने समयमा केही प्रतिकृया गरेको पनि थियो । बैंक तथा वित्तीय संस्थाले बजारमा लगानी गर्नु सकारात्मक हो । यो खबरले बजार सुधार भएको हो । त्यसले निरन्तरता पाएन ।

संस्थागत लगानीकर्ताको लगानी रणनीति व्यक्तिगत लगानीकर्ताहरुको भन्दा केही फरक हुन्छ । उनीहरुले तुरुन्त लगानी गर्दैनन । त्यसमाथि विगतमा किनेर राखेका शेयरहरु बिक्री गरेका छैनन । संस्थागत लगानी दीगो सोचको हुन्छ । बजारमा एक तहको स्थीरता होस अनि लगानी बढाउने सोचमा छन् । अर्कोतर्फ, उनीहरुले अझै पर्खेर सस्तो दरमा कित्ता उठाउने दाउमा रहेका पनि हुन सक्छन् । सस्तो दरमा ठूलो कित्ता किनेको हुन्छ । मार्जिन कर्जा लिनेहरुको संख्या बढ्दो छ । बैंकहरुले सस्तो दरमा ऋण दिएका छन् । यो बजारको लागि सकारात्मक छ ।

वास्तावमा शेयर बजार बढ्न पूँजी वा लगानीको रणनीति के कुराले प्रोत्सान गरेको हुन्छ ?

यसमा दुवै कुराको महत्वपूर्ण भुमिका रहेको हुन्छ । मुख्य रणनीति नै भन्छु । किनभने, लगानीकर्ताको अध्ययन क्षमताले बजारको मुभमेन्टलाई धेरै प्रभाव पारेको हुन्छ । कुन कम्पनीले कस्तो प्रगति गर्छ । सो कम्पनीको मूल्य कुन विन्दुसम्म पुग्न सक्नेछ भन्ने कुराको पूर्वनिर्धारित रणनीतिले नै कम्पनीको मूल्य बढ्ने हो । राम्रो प्रतिफल दिएको हुन्छ ।

त्यसैगरी, ठूलो पैसाले प्रतिशतलाई हेरेको हुन्छ । उदाहरणको लागि भन्नुपर्दा १८ सय देखि २२ सयको विन्दुमा बजार रहेको बेला ठूलो पैसा आएन । २२ सयको विन्दुपार गरेपछि बजारमा ठूलो पैसा आयो । तीन हजारको विन्दुमा पनि ठूलो पैसा बाहिर गएको होइन । सो विन्दुबाट करेक्सन भएर २८ सयको विन्दुमा झरेपछि बजारबाट पैसा बाहिरिएको देखिन्छ । ठूलो पैसाले सुरक्षा खोज्छ । १८ सयको वरपर जोखिम देखेको थियो । २२ सय पार गरेपछि सम्भावना देख्यो । अहिलेको बजारमा जोखिम देखेको छ । विस्तारै सम्भावना पर्खेर बसेको छ ।

तपाईले बजारमा कस्ता कुरालाई ध्यान दिएर लगानी रणनीति बनाउनु हुन्छ ?

दोस्रो बजारमा लगानी गर्दा लगानीकर्ताहरुले धेरै कुरालाई मध्यनजर गरेर लगानीको रणनीति बनाउनु पर्ने हुन्छ । मैले सधै भन्ने गरेको छु । कुनै पनि समयमा केही स्टकहरु मात्रै चलेर बजार दीगो हुँदैन । बजार वा सेक्टर चल्नको लागि अधिकांश कम्पनीहरु चल्न जरुरी हुन्छ ।

सामान्यतया कम्पनीको आधारभूत विश्लेषण गर्नु पर्छ । कम्पनीको भविष्य कस्तो छ र अर्को कुरा यदि कुनै क्षेत्रको कुनै कम्पनीले नाफा दिएको छ भने सो नाफा बुक गरेर सोही क्षेत्रको बढ्न बाँकी भएको कम्पनीमा लगानी बढाउन पनि सकिन्छ । मैले पहिले पनि भनेको छु बजारमा लगानीकर्ता अनुसारको रणनीति बनेको हुन्छ । मेरो रणनीति अर्कोलाई अनुकुल नहुन पनि सक्छ । अर्कोतर्फ, समयले पनि रणनीतिमा फरक पारेको हुन्छ ।

 बाँकी भिडियोमाः