एनएमबी बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्न अनुमति

Dec 24, 2025 06:01 PM Merolagani



नेपाल धितोपत्र बोर्डले एनएमबि बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न अनुमति दिएको छ। बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न अनुमति पाएको हो।

बैंकले प्रति कित्ता १०० रुपैयाँका दरले सेयर निष्कासन गर्नेछ। एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लगानी गर्नेले ८.२५ प्रतिशतका दरले लाभांश पाउनेछन् । अविमोच्य असञ्चिति अग्राधिकार सेयर अवधि नतोकिएको तर निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्न सक्ने विशेषता भएको पुँजी बजार उपकरण हो। परिपत्र विधिबाट निष्कासन हुने यो सेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउनेछन्।