जसलाई बेस्सरी चर्चामा ल्याउन खोजिएको छ त्यस्ता मान्छेहरु समेत नसामा भेटिने गरेको उनको भनाइ छ । उनले युवाहरुले ठिक ढंगले कुरा नबुझ्नु, ठिक आचरण गर्न नसक्नु र ठिक ढंगले आफूलाई प्रश्तुत गर्न नसक्नु मुलुककै लागि समस्या विषय भएको बताए । उनले एमालेमा आवद्ध युवाहरु यस्तो दुव्र्यसनीमा नरहेको समेत जिकिर गरे । उनले पार्टीको ११ औँ महाधिवेशनमा स्वयंमसेवकको कार्यमा खटिएका युवाहरुको कार्यसम्पदानको प्रशंसा गर्दै धन्यावाद समेत ज्ञापन गरे ।
उनले भने, ‘आजको दिनमा युवाहरुले ठिक कुरा बुझ्नु, ठिक आचरण गर्नु र ठिक ढंगले आफूलाई प्रश्तुत गर्नु देशकै समस्या भएको छ । तर हाम्रो युवाहरुले एउटा नमूनाको रुपमा देखायो । देशका चर्चित भनिएका मान्छेहरु नसामा झुम्मिन्छन् । जसलाई बेस्सरी चर्चामा ल्याउन खोजिएको छ त्यस्ता मान्छे पनि नशामा भेटिन्छन् । तर हाम्रा युवाहरुमा त्यस्तो कुनै दुव्यसन देखिएन । मेरो इख मानेर दुव्र्यसनमा भएकाहरुले छोड्नुभयो भने म धेरै खुसी हुन्छु । यदि कसैले भोलिन्टियरको नियम पालना गरेको छैन भने त्यस्तो अवस्थामा कारबाही हुन्छ भनेका थियौँ । कोही नियमबाहिर गएको भए कारबाही भएको होला । तर कोही पनि बाहिर गएको छैन । कसैका लागि भोट समेत मागेको छैन ।’
उनले मुलुकको स्वाधिनताको रक्षाका लागि एकतावद्ध भएर अगाडि बढ्न पार्टी कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।