सरकारले चुनावी वातावरण बनाए सहभागि भएर बहुमत ल्याउँछौँः ओली

Dec 25, 2025 03:03 PM Merolagani



नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए निर्वाचनमा जान पार्टी तयार रहेको बताए ।पार्टीको ११ औँ महाधिवेशनका स्वयंमसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन होस् भन्ने एमालेको चाहाना रहेको उनको भनाइ छ । उनले सरकारले वातावरण बनाए निर्वाचनमा बहुमतसहित निर्वाचन जित्ने दाबी पनि गरे ।

उनले भने, ‘हामी जस्तो परिस्थिति आउँछ त्यसरी नै जाने हो । यदि निर्वाचनको वतवरण बनाउँछ सरकारले हामी निर्वाचनमा सहभागि हुन्छौँ, बहुमत ल्याउँछौँ, चुनाव जित्छौँ । हामी त स्वतन्त्र, निष्पक्ष र धाँदलीरहित चुनाव होस् भन्ने पर्खिरहेका छौँ । तर यो सरकारमा त्यो जिम्मेवारी बोध देखिँदैन ।’

उनले एमाले परिस्थितिअनुसार अगाडि बढ्ने भन्दै निर्वाचनको वातावरण बनाउन सरकारले चासो नदेखाएको टिप्पणी समेत गरे ।