उनले आफू नयाँ र वैकल्पिक शक्ति एक भएर अघि बढ्न सुझाव दिन आएको बताए । उनले वैकल्पिक शक्तिहरु एक हुँदा आफ्नो समर्थन रहने बताए ।
उनले भने, ‘नयाँ र वैकल्पिकहरु जति पनि छन्, एक भएर अघि बढ्नुस्, मेरो समर्थन रहन्छ भनेँ ।’
बिहीवार बिहानैदेखि प्रमुख साहलाई भेट्न विभिन्न राजनतिक दलका नेताहरु ज्वागल पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेदेखि, शिशिर खनाल लगायतका नेताहरुले छलफल गरेका छन् । साहसँग अन्तरिम सरकारका मन्त्री एवं उल्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ, नेपाली काँग्रेस नेता डा. सुनिल शर्मा, नेता अमरेशकुमार सिंह लगायतका नेताहरुले पनि साहलाई भेटेका छन् । नयाँ राजनीतिक शक्तिहरु एक भएर आगामी निर्वाचनमा जानुपर्ने भन्दै उनीहरुको भेट भएको हो ।