प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा विभिन्न शीर्षकमा उत्कृष्ट ३१ जना कर्मचारी र उत्कृष्ट एउटा शाखालाई अवार्ड प्रदान गरिएको थियाे । यस्तै, उत्कृष्ट तीन जना विद्यार्थीलाई पनि अवार्ड प्रदान गरिएको थियाे ।
कार्यक्रममा उपसभामुख रानामगरसहित विभिन्न व्यक्तित्वहरूले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा नेतृत्वमा सुन्धारास्थित काठमाडौं मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसले हाल उपत्यकाभित्र केएल टावर (चाबाहिल) र लगनखेल (ललितपुर) मा शाखा सञ्चालन गरेको छ ।
यस्तै उपत्यकाबाहिर चितवन, पोखरा, सुर्खेत, धनगढी, नेपालगञ्ज र इटहरीलगायत देशका महत्वपूर्ण सहरहरूमा शाखा सञ्चालन गरी आफ्नो सेवा विस्तार गरिरहेको छ ।
फेसियल हाउसले ‘ब्युटी एकेडेमी’ समेत सञ्चालन गर्दै आएको छ । जसले पेशागत तालिम मात्र नभई नेतृत्व, जिम्मेवारी र आत्मनिर्भर बन्ने अवसर समेत प्रदान गरिरहेको महराको भनाइ छ ।
