पाकिस्तानबाट भागेपछि मिर्जामाथि यसअघि पनि आक्रमण गरिएको थियो । उनले यो आक्रमणका निम्ति पाकिस्तानी सेना प्रमुख असिम मुनिरलाई जिम्मेवार ठहर्याएका छन् ।
मिर्जामाथिको आक्रमणको कारण उनको एक भनाइलाई मानिएको छ । उनले केही समयअघि असिम मुनिरलाई ‘कायर’ भनेका थिए ।
आक्रमणमा उनको अनुहारमा गम्भीर चोट लागेको छ । नाक र बंगारा ‘फ्याक्चर’ भएको छ । आक्रमणलगत्तै उनलाई अस्पतालमा भर्ना गरिएको छ । उनको उपचार जारी छ ।