प्रधानमन्त्री कार्कीले उनलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने गरी राष्ट्रपतिसमक्ष सिफारीस गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार, शुक्रबार २ बजे शपथ गराउने तयारी छ । हाल परराष्ट्र मन्त्रालय प्रधानमन्त्री कार्की आफैले सम्हाल्दै आएकी छन् ।
मन्त्री बन्न लागेका शर्मा सेना समायोजन विशेष समिति सचिवालयको संयोजक समेत बनेका थिए । नेपाली सेनामा माओवादी लडाकुहरुको समायोजनको कुशल डिजाइनरका रुपमा उनलाई चिनिन्छ ।