अधिवेशनको पहिलो दिन महानगरको चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शहरको फोहोर व्यवस्थापन, स्मार्ट सिटी अवधारणा कार्यान्वयन, सम्पदा संरक्षण र सार्वजनिक शिक्षा सुधारमा भएका कामहरूको विवरण दिइएको छ ।
आगामी दिनमा ट्राफिक व्यवस्थापन र हरित शहर निर्माणलाई प्राथमिकतामा राखिने भएकाे छ । महानगरपालिकाले यस अधिवेशनलाई उत्पादनमूलक बनाउने प्रतिवद्धता जनाएको छ ।