भारतको राजधानी दिल्लीमा पानी पुरी र समोसालाई उछिनेर दोस्रो लोकप्रिय खाद्य पदार्थ बन्यो मःम

Dec 30, 2025 11:13 AM mero lagani



समोसा र पानी पुरी (अर्थात् गोलगप्पा) भारतको सबैभन्दा लोकप्रिय र मौलिक ‘स्ट्रिट फुड’ मानिन्छन् । तर, पछिल्लो एक अध्ययनले भने भारतीय राजधानी नयाँ दिल्लीमा ती दुवै खाद्य पदार्थको लोकप्रियतालाई मःमले उछिनेको छ । 

नवभारत टाइम्स पत्रिकाले गरेको एक अध्ययनले दिल्लीको सबैभन्दा लोकप्रिय खाजा छोले भटोरै रहेको देखाएको छ भने दोस्रो नम्बरमा भने मःम रहेको देखाएको छ । विगतमा सर्वाधिक लोकप्रिय रहेका पानीपुरी र समोसा चाट भने क्रमशः तेस्रो र चौथो नम्बरमा परेका छन् ।


उक्त पत्रिकाले हजारौं मानिसहरुको बीचमा गरेको अध्धयनमा ४४ प्रतिशत जनताले छोले–भटुरेको पक्षमा मतदान गरेका थिए भने २६ प्रतिशत दिल्लीवासीले मोमोज सबैभन्दा राम्रो स्न्याक्स भएको बताएका छन् । त्यस्तै पानीपुरी अर्थात गोलगप्पा–चाट मन पराउने १६ प्रतिशत तथा, समोसा मन पराउने १४ प्रतिशत रहेको अनुसन्धानकर्ताहरुले उल्लेख गरेका छन् । उनीहरुका अनुसार पछिल्ला केही दशक यता मःमप्रति भारतीयहरुको आकर्षण जसरी बढेको छ, त्यस्तो आकर्षण अहिलेसम्म अरु कुनै खानेकुरामा देखिएको थिएन । ‘अनुसन्धान दिल्लीमा केन्द्रित भए पनि मःम प्रतिको आकर्षण केवल दिल्लीमा मात्र सिमित छैन, सिंगै भारतमा यसकाे लोकप्रियता निकै धेरै छ’ अनुसन्धानकर्ताहरुले भनेका छन् ।

दिल्लीका सडकहरुदेखि तारे होटलहरुसम्मका मेन्युको मुख्य आकर्षण नै अहिले मःम बनि रहेको छ । दिल्लीमा मःमको सुरुवात गर्ने श्रेय नेपाली मुलकी डोल्मा छिरिङ (डोल्मा अण्टि)लाई जान्छ । उनले नेपालबाट मःम बनाउन सिकेर सन् १९९४ मा दिल्लीको लाजपत नगरमा सडकमै मःम बेच्न थालेकी थिइन । उनकै देखासिकी गरेर अन्य थुप्रै अप्रवासी नेपालीहरुले पनि मःम रेष्टुरेण्ट खोलेका थिए । सुरुमा स्थानीयहरूलाई यो नयाँ र ‘कच्चा’ खाना जस्तो लाग्थ्यो र ग्राहक कम थिए। तर उनीहरुले भारतीय स्वादअनुसार चटपटे चटनी, स्पाइसी मसला, फ्राइड मोमो, तन्दूरी मःम जस्ता विविध रूपहरू विकास गरेपछि त्यस्ले लोकप्रियता बढाएको थियो । अहिले दिल्लीमा होटल रेष्टुराँहरुको मेन्युमा मःम त पर्ने गरेको छैन, त्यसैलाई मात्रै केन्द्रित गर्दै खुलेका ‘मः म रेष्टुरेण्ट’हरुको संख्या नै सयौं पुगिसकेका छन् । थुप्रै ‘अनलाइन सप’हरुले अनलाइनबाट मःमको विक्री वितरण पनि गर्ने गरेका छन् ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।