सुन-चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

Dec 30, 2025 11:27 AM Merolagani



मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ।

सुनको मूल्य आज एकै दिन प्रतितोला ७ हजार ९०० रुपैयाँले घटेको हो भने चाँदीको मूल्य प्रतितोला ३०५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३०५ रुपैयाँले घटेको हो। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ।  सोमबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा खरिद–बिक्री भएको थियो। 




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।