दाउन्ने खण्डमा सवारी आवागमन प्रभावित, जाम खुलाउने प्रयासमा प्रहरी

Dec 30, 2025 12:27 PM merolagani



पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा सवारी साधन आवतजावतमा अवरोध सिर्जना भएको छ ।

चिसोका कारण शीतले सडक चिप्लो बनेपछि सवारी आउजाऊ गर्न नसकेपछि दाउन्ने खण्डमा सवारी जाम बढेको छ ।

इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार, करिब १४ घण्टासम्म सवारीहरु आवतजावत हुन नसक्दा त्यसखण्डमा लामो जाम परेको छ । बुटवलबाट पूर्व र नारायणगढ हुँदै पश्चिम जाने सवारीहरु बीचमै फसेका छन् । आज घाम लागेकाले त्यस क्षेत्रको जाम हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।