काठमाडाैंमा अलग अलग ठाउँमा भएका दुर्घटनामा ३ जनाको मृत्यु

Dec 30, 2025 05:58 PM mero lagani



मंगलबार काठमाडाैंमा उपत्यकाका विभिन्न ठाउँमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।


काठमाडौं महानगरपालिका–१२ टेकुस्थित सडकमा ईभी गाडी र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा ३० वर्षीय दिपक बजगाईंको मृत्यु भएको छ ।

र काभ्रे बेथानचोक गाउँपालिका–२ घर भएका बजगाईले चलाएको बा ९१ प ७५६४ नम्बरको मोटरसाइकल बाग्मती प्रदेश ०१–००१ य १७४३ नम्बरको ईभी गाडीसँग ठोक्किएको भएको थियो । गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ईभी चालकलाई नियन्त्रणमा लिएको छ ।

उता, आजै बूढानीलकण्ठ नगरपालिका–७ गल्फुटारमा मोटरसाइकल दुर्घटना हुँदा रामेछापको खाँडादेवी गाउँपालिका–३ घर भएका अवि श्रेष्ठको मृत्यु भएको छ । गल्फुटारबाट चक्रपथ तर्फ आउँदै गरेको श्रेष्ठले चलाएको बा प्र ०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै आज दिउँसो भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् । काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ना ७ ख ९२६६ नम्बरको डिजेल बोकेको ट्यांकरले भक्तपुरतर्फ नै जाँदै गरेको बा २३ प ९२३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार ३२ वर्षीया स्वस्तिका ऐर बडालको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक दार्चुलाको नौगाड गाउँपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएका ३४ वर्षीय करणसिंह बडाल गम्भीर घाइते भएका छन् । उनीहरु पति पत्नी हुन ।

घाइते करणको कौसलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नमराज ढुंगानाले जानकारी दिए ।

प्रहरीले ट्यांकर चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेखगञ्जका २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएको प्रहरी वृत्त थिमिले जनाएको छ




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।