प्राइम एचबीको मूल्य ५ लाख ९९ हजार ९०० भारतीय रुपैयाँ र प्राइम एसडीको मूल्य भने ६ लाख ८९ हजार ९०० भारतीय रुपैयाँ मूल्यहरुमा कम्पनीका शोरुमहरुमा उपलव्ध छन् ।
प्राइम ट्याक्सी रेन्जका ती एसयूभीहरुको बुकिङ ५ हजार भारतीय रुपैयाँमा देशभर खुला गरिएको छ । बाँकी, रकम ७२ महिनाभित्र भुक्तानी गर्ने गरी लचिलो वित्त विकल्पहरु समेत राखिएको छ ।

यी दुवै ट्याक्सी मोडेलहरु १.२ लिटर र ४ सिलिन्डर कप्पा पेट्रोल इन्जिनका साथ उपलव्ध रहेका छन् । जुन फ्याक्ट्री फिटेड विकल्पहरुसँग जोडिएको छ । कम्पनीले दाबी गरेअनुसार प्राइम एसबीको इन्धन दायरा २८.४० किलोमिटर र प्राइम एचबीको २७.३२ किलोमिटर रहेको छ । कम्पनीले झन्झटमुक्त स्वामित्व प्रदान गर्ने उद्देश्यअनुसार हुन्डाइले चौथो र पाँचौ वर्ष वा १ लाख ८० हजार किलोमिटरसम्म समेट्नेगरी वारेन्टी प्याकेजहरु प्रदान गर्नेछ ।
मुख्य सुविधा तथा फिचरहरु
प्राइम ट्क्यासी रेन्चका प्राइम एचबी र प्राइम एसबीले धेरै सुविधा तथा फिचरहरु सार्वजनिक गरेको छ । जसमा दुवै ट्याक्सीमा ६ वटा गियरबक्स, रियर एसी भेन्टहरु, स्टियरिङ ह्रील माउन्ट गरिएको नियन्त्रणहरु, स्पिकरहरु, अगाडिको पंक्तिमा दुर्त चार्जर(टाइप सी) र अगाडि र पछाडिको पावर विन्डोहरु र रियर डिफगरलगायतका फिचरहरु समावेश छन् ।
त्यस्तैगरी, सेन्ट्रल लकिङ, ३ पोइन्ट सिटबेल्टहरु, आपतकालीन स्टप सिग्नल, कम्पनीले फिट गरेको गति सीमा ८० किमी प्रतिघण्टा, हेडरेस्टहरु (प्राइम एचबीमा मात्र), चाबीविहीन प्रविष्टि (प्राइम एचबीमा मात्र) र चालक सिटको उचाइ समायोजन र फुटवेल लाइटिङलगायतका सुविधाहरु समावेश छन् ।