पाँच महिनामा ९५ करोड ७८ लाखको राउटर आयात, चीनबाट मात्रै ९० करोडभन्दा धेरैको आयात

Dec 31, 2025 05:17 PM mero lagani



नेपालमा चालु आर्थिक वर्षको पाँच महिना अर्थात साउन १ गतेदेख मंसिर मसान्तसम्म ९५ करोड ७८ लाख ५० हजार रुपैयाँ बराबरको ३ लाख ८२ हजार ८२ थान राउटर आयात भएको छ । 

भन्सार विभागका अनुसार कात्तिक महिनासम्ममा २ लाख ५६ हजार ५०७ थान राउटर आयात भएको थियो । मंसिर एकमहिनामै १ लाख २५ हजार ५७५ थान राउटर आयात भएको पाइएको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा पनि छिमेकी चीन र भारतसहित विश्वका जम्मा १२ मुलुकबाट राउटर आयात भएको छ। सबैभन्दा धेरै बढी चीनबाट ९० करोड ६ लाख ६१ हजार रुपैयाँ बराबरको ३ लाख ६३ हजार ८७४ थान राउटर आयात भएको छ ।

 

यसैगरी भारतबाट ५ लाख ६१ हजार बराबरको ३९२ थान, मलेसियाबाट ४ लाख ९८ हजार बराबरको ५१ थान, कतारबाट २ हजार बराबरको ५ थान, अमेरिकाबाट २ लाख ७७ हजार बराबरको २ थान राउटर आयात भएको छ। यसैगरी भियतनामबाट ५ करोड १६ लाख ५० हजार बराबरको १७ हजार ३६० थान राउटर आएको भन्सार विभागले जानकारी दिएको छ ।

 




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।