नाडाले सर्वसम्मत टुंग्यायो नयाँ कार्य समिति, सार्वजनिक गरेन सर्वसम्मत उम्मेदवारकाे नाम

Jan 02, 2026 03:03 PM merolagani



नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल(नाडा) ले सर्वसम्मत रुपमा नयाँ कार्य समितिको टुंगो लगाएको छ ।

गत पुस ९ मा सम्पन्न नाडाको ४९औँ वार्षिक साधारण सभाको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्राप्त निर्देशन र स्वीकृति, साथै निर्वाचन अधिकृतको औपचारिक सूचनाको आधारमा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया वैधानिक व्यवस्थाअनुसार अघि बढाएर नयाँ कार्यसमितिमा उम्मेदवारी दिएकाहरुको नामावली टुंगो लगाएको हो ।

निर्वाचन अधिकृत कार्यालयबाट अनुसार, हालसम्म अध्यक्ष पदमा १ उम्मेदवारी, प्रदेश सदस्यबाट ७ उम्मेदवारी र साधारण सदस्यबाट १७ जना कार्य समितिमा रहने गरी सर्वसम्मत टुंगो लगाएको हो ।

निर्वाचन अधिकृतको प्रत्यक्ष व्यवस्थापन तथा पर्यवेक्षणबाट जाँच, छानबिन र टुङ्गो भई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको कार्यकारिणी समिति सर्वसम्मतरूपमा निर्वाचित भएको जनाइएको छ । तर, कार्य समितिमा सर्वसम्मत निर्वाचित भएका उम्मेदवारहरुको नामावली भने नाडाले सार्वजनिक गरेको छैन् ।

सर्वसम्मत कार्यसमिति निर्वाचन गरेकाले अब पुस २५ गते तय गरिएको प्रतिस्पर्धात्मक निर्वाचन आवश्यक नरहेको नाडाले जनाएको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।