नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । आइतबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
