करोड पर्ने गाडीमा १०० रुपैयाँ भाडा तिरेर चढ्ने पनि लक्ष्यमा पुगेका हुन्छन्, शेयर बजार पनि त्यस्तै हाे

Jan 08, 2026 03:01 PM Merolagani



शेयर बजारमा लगानी गर्ने धेरैजसाे लगानीकर्ताहरुले हचुवाका भरमा रणनीति बनाउने गरेको पाइएकाे छ । बजारको विषयमा राम्रोसँग जानकार नभई लगानी गर्दा नाफा हुनुको सट्टा नोक्सानी ब्यहोर्नु पर्ने हुन सक्छ ।

बजारमा लगानी गर्दा अरुले कमायो भनेर प्रवेश गर्न नहुने सल्लाह विज्ञहरुले दिने गरेका छन् । बजारको विषयमा सामान्य जानकारी राखेर लगानी गर्नु पर्ने उनीहरुकाे तर्क छ । बजारको उचारचढाब, लगानीको रणनीति, लगानीलाई होल्र्ड गर्न सक्ने क्षमता मूल्या‌ंकन गरेर लगानी गर्नेहरु पछुताउनु नपर्ने कलस स्टक मार्केटका प्रवन्ध सञ्चालक शालिकराम अधिकारी बताउँछन् । तीनै अधिकारीसँग सुधा देवकोटाले गरेको कुराकानीः

शेयर बजारमा धेरै लगानीकर्ता आकर्षित छन् । शेयर बजारमा किन लगानी गर्ने हो ?

शेयर बजारमा लगानी गर्नु पर्ने कारणहरु धेरै छन् । शेयर बजार कसैले पेशाको रुपमा कारोबार गरेका हुन्छन् । कुनैले दीर्घकालीन लगानी गरेका हुन्छन् । आफूसँग भएको पूँजीलाई छोटो समयका लागि लगानी गरिएको पनि हुन सक्छ । अझै महत्वपूर्ण कुरा के छ भने वारेन वफेटले भनेका छन्- ”तपाई सुतेको समयमा पैसा कमाउने स्रोतहरु बनाउन सक्नु भएन भने तपाई मृत्यु हुने अघिल्लो दिनसम्म काम गर्नुपर्छ ।’

शेयर बजारमा गरिएको लगानीबाट सधै आम्दानी भइराखेको हुन्छ । जसलाई 'प्यासिभ इन्कम' स्रोत भन्ने गरिन्छ । हामी बाचुन्जेलसम्म काम गर्न सकिदैन । आफूले काम गर्न नसक्दाको अवस्थामा पनि आम्दानी गर्ने क्षेत्र भनेको शेयर बजार हो । बजारलाई बुझेर लगानी गर्ने लगानीकर्ता पछुताउनु पर्दैन । सबैले आफ्नो क्षमता अनुसारको लगानी गर्नुपर्ने हुन्छ ।

शेयर बजारलाई पूँजीपतिहरुको बजार भनेर भन्ने गरिन्छ । लगानी गर्न इच्छुकहरुले कति पूँजी लिएर बजारमा आउन सक्छन ?

हो, शेयर बजारलाई पूँजीपतिहरुको बजार भनिन्छ । एक रुपैयाँलाई पैसा भन्ने वा नभन्ने ? एक करोडलाई पूँजी भन्ने वा नभन्ने ? पूँजी सबै पूँजी नै हो । सानो सानो पूँजीबाट नै ठूलो पूँजी बन्ने हो । हजारौ कोशको यात्रा पहिलो पाईलाबाट सुरु हुन्छ । कसैले सानो पूँजीलाई सहि तरिकाले लगानी गर्न सक्यो भने त्यो नै ठूलो बनाउन सकिन्छ । बजारको उतारचढाब बुझ्न सक्नु पर्छ ।

करोडको गाडीमा १०० रुपैयाँको भाडा तिरेर पनि गन्तब्यमा पुग्न सकिन्छ । जोखिम करोड लगानी गर्नेले लिएको छ । लक्ष्यमा १०० रुपैयाँको भाडा तिरेर चढ्ने व्यक्ति पनि पुगेको छ । यो कारणले गर्दा ठूलो पैसाले मात्रै बजारमा लगानी गर्न सकिन्छ भन्ने हुँदैन । पूँजी बजार भनेको तपाईको सानो लगानीबाट नै चल्ने बजार हो । तपाईसँग भएको पैसा नै पूँजी हो । ठूला साना लगानीकर्ता भनेर छुट्याउन मिल्दैन ।

शेयर बजारमा गरिएको लगानीको प्रतिफल धेरै खोज्ने गरेको देखिन्छ । यस्तो किन हुन्छ ?

यस्तो हुन्छ । दोस्रो बजारमा जोखिमको व्यवस्थापनलाई बुझेर आफ्नो क्षमता अनुसारको लगानी गर्नु पर्छ । तर हिजो आजको बजारमा लगानी गरेको भोलिपल्ट नै डबल प्रतिफल खोज्ने गरेको पाइन्छ । शेयर बजारका लगानीकर्ताले आफ्नो जोखिम लिने क्षमता बुझनु पर्छ । शेयर बजार भनेको के हो । शेयर बजारमा जोखम पनि धेरै छ । प्रतिफल पनि धेरै भएको बजार हो । त्यसबाट हुन सक्ने रिक्स एण्ड रिवार्ड कस्तो हुन सक्छ भन्ने कुराको मध्यनजर गरेर मात्रै बजारमा लगानीको राणनीति लिनु पर्छ ।
सुरुवाती चरणमा बजारमा आउनेहरुले अरु कसैले भनेको आधारमा लगानी गरेको पाइन्छ । शेयर बजारमा हुने उतारचढाबलाई नबुझी कम्पनी कस्तो छ । समय कस्तो छ ? त्यसलाई नबुझी लगानी गर्दा सोचेको जस्तो प्रतिफल नआउने गरेको पनि पाइन्छ । तर जोखिम लिने क्षमता, कम्पनीको प्रतिफल र लगानीलाई होल्ड गर्न सक्ने अवधिलाई ध्यान दिएर लगानी गरियो भने शेयर बजारले नोक्सानी बोकाउँदैन ।

हाम्रो बजारमा सुरुवाती चरणबाट नै टे्डिङ गर्ने सोचमा आएको देखिन्छ । कम्पाउडिङ लगानीलाई विश्वास गरेको पाइदैन । किन ?

नेपालको शेयर बजारको विकास क्रम जारी छ । यसलाई नै प्राथमिक आम्दानीको क्षेत्र बनाउने लगानीकर्ताहरु पनि हुनुहुन्छ । अरु पेशामा रहेकाहरु पनि बजारमा आकर्षित भएको देखिन्छ । शेयर बजारमा आउन चाहाने लगानीकर्ताले केही कुरा मात्रै याद राख्नु पर्छ । जसमा शेयर बजारको विषयमा थोरै भएपनि लगानी गर्ने गर्नुपर्छ । बजारलाई बुझ्ने सजिलो उपाय भनेको बजारमा लगानी गर्दै आएकाहरुसँग संगत गर्नुपर्छ । उनीहरुले भनेको किन्ने-बेच्ने होइन । तर बजारमा उनीहरुले कुन समयमा नाफा गरेका छन् । कस्तो बेला नोक्सानी भएको छ भन्ने कुराको ख्याल गर्नुपर्छ ।

नयाँ लगानीकर्ताले हतारमा लगानीको रणनीति बनाउनु हुँदैन । जस्तो कुनै एक कम्पनीको शेयर मूल्य ४०० रुपैयाँ छ । सो कम्पनीको वार्षिक लाभांश औसत १० प्रतिशत बढी छ । सो कम्पनीको शेयर वर्ष दिनसम्म होल्र्ड गर्दा पनि लगानीकर्तालाई नोक्सानी हुँदैन । जोखिम नहुने होइन । तर जोखिम न्यून हुन्छ ।

हामीलाई अहिलेको बजार घट्न पनि सक्छ भन्ने लागेको छ । तर शेयर बजार सधै घट्दैन र निरन्तर बढ्दैन । बजारमा स्वभाविक उतारचढाब हुन्छ । बजारमा रणनीति अपनाउँदा आफूले पुग्ने टार्गेट अनुसार मूल्य बढ्यो भने लोभ नगरी बिक्री गर्नु पर्छ । शेयर बजारमा हरियो क्यान्डल देख्यो खुशी र रातो देख्दा दुखी भएको पाइन्छ । शेयर बजारबाट सफल हुन भावनालाई नियन्त्रण गर्न सक्नु पर्छ ।

मार्जिन ल्याडिङको व्यवस्था ब्रोकर मार्फत भए ब्रोकरको व्यवसायमा र शेयर बजारको लागि कस्तो योगदान पुर्याउछ ?

पूँजी बजार सम्बन्धित ल्याडिङलाई ब्रोकर मार्फत बनाउँदा जति चलायमान हुन्छ । सो बैंक तथा वित्तीय संस्थाबाट हुन सक्दैन । नेपालमा ब्रोकर मार्फत मार्जिन ल्याडिङको सुविधा दिन पाइएको छैन् । यो सुविधा ब्रोकर मार्फत हुने हो भने सेटलमेन्टमा आउने गरेको समस्याहरु सुल्झने छन् ।

बैंकले मार्जिन ल्याडिङ गर्न ब्रोकरलाई पैसा दिन्छ । ब्रोकरले लगानीकर्तालाई दिएको हुन्छ । मार्जिन दिए वापत बैंकले जस्तै ब्रोकर कम्पनीले ब्याज लिन्छ । मार्जिन ल्याडिङ ब्रोकर मार्फत हुँदा बैंकको लगानी घट्दैन । बरु रिटेल ऋणीहरुको संख्या घट्छ । मार्जिन कर्जा लिनेहरुको संख्या अझै बढ्छ । बैंकले कुनै १०० जनालाई कर्जा दिने गर्थ्याे भने अहिले बढेर १५० लाभान्वित भएका हुन सक्छन् । पहिले बैंकहरुले लाख-करोड कर्जा लगानी गर्ने गरेको थियो । तर अहिले एक ब्रोकर मार्फत अर्बको कर्जा परिचालन गर्न सक्छ । बैंकको व्यवसाय वृद्धि हुने र धेरै लगानीकर्ताले पनि मार्जिनको सुविधा पाउने अवसर बन्ने छ। पूँजी बजारका लगानीकर्ताको मनोविज्ञान जति ब्रोकरले बुझेको हुन्छ बैंकले बुझ्न सक्दैन । लगानीकर्ताहरुलाई कर्जा लिनको लागि पनि सहज हुन्छ । शेयर बजारको लागि यो सबै भन्दा राम्रो टुल्स हो ।

 

 

 




एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।