मनकामना इन्जिनियरिङ हाइड्रोपावरको अध्यक्षमा राधेश्याम खड्का नियुक्त

Jan 08, 2026 11:45 AM merolagani



मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको अध्यक्ष पदमा राधेश्याम खड्का नियुक्त भएका  छन्। कम्पनीको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा चयन गरेको हो।

यसअघिका अध्यक्ष नारायण दत्त तिमिल्सिनाले गत पुस २२ गते आफ्नो पद र सञ्चालक सदस्यबाट दिएको राजीनामा पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो। सोही बैठकले कम्पनीका ज्येष्ठ सञ्चालक राधेश्याम खड्कालाई बाँकी कार्यकालका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

 

कम्पनीले यस परिवर्तनका बारेमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्रमार्फत औपचारिक जानकारी गराइसकेको छ। नवनियुक्त अध्यक्ष खड्काले अब कम्पनीको नेतृत्व सम्हाल्नेछन्।




एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।