शुभम पावरको १४ लाख ३१ हजार बढी कित्ता शेयरको ‘लक-इन’ अवधि माघ २६ मा सकिँदै

Jan 08, 2026 12:26 PM merolagani



शुभम पावर लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीहरूका लागि सुरक्षित गरिएको शेयरको 'लक-इन' अवधि आगामी माघ २६ गते समाप्त हुने भएको छ। कम्पनीका अनुसार उक्त मितिमा कुल १४ लाख ३१ हजार ३० कित्ता सेयरको लक-इन अवधि पूरा हुन लागेको हो।

लक-इन अवधि समाप्त भएपछि यी शेयरहरू दोस्रो बजार कारोबारका लागि योग्य हुनेछन्। विवरण अनुसार बिक्रीका लागि खुल्ला हुने शेयरहरूमध्ये संस्थापक समूहको १४ लाख कित्ता रहेको छ। त्यसैगरी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सुरक्षित गरिएको १९ हजार ४२० कित्ता र कर्मचारीहरूका लागि सुरक्षित ११ हजार ६१० कित्ता शेयरको लक-इन पनि सोही दिन सकिनेछ।

यद्यपि, कम्पनीका सञ्चालकहरू र उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने यो व्यवस्था लागू हुने छैन। प्रचलित कानुनी प्रावधान र नियमानुसार उनीहरूको शेयर भने तत्कालका लागि रोक्का नै रहने कम्पनीले स्पष्ट पारेको छ।

साधरणतया कम्पनीहरूले आईपीओ निष्कासन गर्दा संस्थापक, स्थानीय र कर्मचारीहरूका लागि तीन वर्ष शेयर बिक्री गर्न नपाउने नियम छ। शुभम पावरको हकमा उक्त अवधि माघ २६ मा सकिन लागेको हो।




एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।