बैंकिङ्ग कसुर मुद्दामा ४४ लाखभन्दा बढी जरिवाना तोकिएका दुई व्यक्ति प्रहरी नियन्त्रणमा

Jan 08, 2026 02:57 PM Merolagani



बैंकिङ्ग कसुर सम्बन्धी मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाका अनमोल दर्नाल र रवीन्द्र केसी रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले उनीहरूलाई खोजतलासका क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनमोल दर्नालमाथि बैंकिङ्ग कसुर मुद्दामा १ महिना १० दिन कैद र ४४ लाख ६३ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो। त्यसैगरी रवीन्द्र केसीमाथि चेक अनादर मुद्दामा ५ सय रुपैयाँ जरिवाना सजाय सुनाइएको थियो।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि सम्मानित मकवानपुर जिल्ला अदालत, हेटौँडा पेश गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।